प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN
कार्तिक २०७९
प्रहरी परिचालन सम्बन्धी अन्तरक्रिया तथा निर्देशन सम्बोधन
२०७९-०७-२९

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले २०७९ साल मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मकवानपुर जिल्लामा प्रहरी परिचालनको अवस्थाबारे जानकारी लिनुभएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा आज आयोजित एक कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख बज्राचार्यले निर्वाचन सुरक्षामा परिचालन हुने प्रहरी कर्मचारी तथा म्यादी प्रहरीहरूलाई आवश्यक निर्देशन दिनुका साथै निर्वाचनलाई निष्पक्ष, भयरहित र विश्वसनीय ढंगले सम्पन्न गर्न तयार गरिएको सुरक्षा व्यवस्थापनको बारेमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग समेत आवश्यक छलफल गर्नुभएको छ ।

प्रहरी परिचालन सम्बन्धी अनुगमन तथा निर्देशन
२०७९-०७-२५

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा रामेछाप जिल्लामा प्रहरी परिचालनको अवस्थाबारे जानकारी लिनुभएको छ । जिल्ला प्रहरी कार्यालय, रामेछापमा आज आयोजित एक कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख बज्राचार्यले प्रहरी परिचालनको अवस्थाबारे जानकारी लिनुका साथै निर्वाचन सुरक्षामा परिचालन हुने प्रहरी कर्मचारी तथा म्यादी प्रहरीहरूलाई आवश्यक निर्देशन दिनुभएको हो । यसैगरी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ लाई निष्पक्ष, भयरहित र विश्वसनीय ढंगले सम्पन्न गर्न तयार गरिएको सुरक्षा व्यवस्थापनको बारेमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग समेत प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बज्राचार्यले छलफल गर्नुभएको थियो ।

प्रहरी परिचालन सम्बन्धी अनुगमन तथा निर्देशन
२०७९-०७-२४

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा प्रहरी परिचालनको अवस्थाबारे जानकारी लिनुभएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकमा आज आयोजित एक कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख बज्राचार्यले प्रहरी परिचालनको अवस्थाबारे जानकारी लिनुका साथै निर्वाचन सुरक्षामा परिचालन हुने प्रहरी कर्मचारी तथा म्यादी प्रहरीहरूलाई आवश्यक निर्देशन दिनुभएको हो । यसैगरी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ लाई निष्पक्ष, भयरहित र विश्वसनीय ढंगले सम्पन्न गर्न तयार गरिएको सुरक्षा व्यवस्थापनको बारेमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसँग समेत प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बज्राचार्यले छलफल समेत गर्नुभएको छ ।

प्रहरी परिचालन सम्बन्धी अनुगमन तथा निर्देशन
२०७९-०७-२४

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा प्रहरी परिचालनको अवस्थाबारे जानकारी लिनुभएको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेमा आयोजित एक कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख बज्राचार्यले निर्वाचन सुरक्षामा परिचालन हुने प्रहरी कर्मचारी तथा म्यादी प्रहरीहरूलाई आवश्यक निर्देशन समेत दिनुभएको हो । यसैगरी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ लाई निष्पक्ष, भयरहित र विश्वसनीय ढंगले सम्पन्न गर्न तयार गरिएको सुरक्षा व्यवस्थापनको बारेमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बज्राचार्यले छलफल गर्नुको साथै निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि संचालित एक दिने अभिमुखीकरण कार्यक्रममा समेत सहभागिता जनाउनुभएको छ ।

निरीक्षण तथा निर्देशन
२०७९-०७-२३

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले ईलाका प्रहरी कार्यालय कपिलाकोट सिन्धुली, जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा ईलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित छुट्टाछुट्टै कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख बज्राचार्यले कार्यालयहरूबाट  सम्पादित पछिल्लो गतिविधिको बारेमा जानकारी लिनुका साथै उत्कृष्ट सेवा प्रवाहका लागि प्रहरी कर्मचारी तथा म्यादी प्रहरीहरूलाई आवश्यक विभागिय निर्देशन दिनुभएको हो । निरीक्षण तथा निर्देशन पश्चात् प्रदेश प्रहरी प्रमुख बज्राचार्यले आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ लाई निष्पक्ष, भयरहित र विश्वसनीय ढंगले सम्पन्न गर्न तयार गरिएको सुरक्षा व्यवस्थापनको बारेमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग छलफल समेत गर्नुभएको थियो । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०७-२२

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान स्थितबाट प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । बि.पि. राजमार्गमा रहेको चेक पोष्टमा खटिएको प्रहरी टोलिले बिराटनगरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.५.ख.७३६ नं.को हाईस चेकजाँच गर्ने क्रममा हाईसमा सवार जिल्ला खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ बस्ने २० वर्षीय चिरन्जिवि घिमिरेले बोकेको बोराको सेतो झोला भित्र रहेको खुर्सानी संगै लुकाई छिपाई लै जाँदै गरेको NITRAVET-10 लेखिएको प्रति पत्तामा ३० पिसको दरले रहेको १५ पत्ताको जम्मा ४५० पिस नियन्त्रित लागुऔषध फेला परेको थियो । लागुऔषध सहित निज र निजको साथी जिल्ला सर्लाही बरहथवा नगरपालिका-५ बस्ने २२ वर्षीय रविशंकर ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा
२०७९-०७-२१

दोलखा, गौरीशंकर गाउँपालिका-६ चंखु बस्ने ३८ वर्षीय निमपासाङ शेर्पालाई प्रहरीले भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको छ । सोहि चंखु बस्ने निजको काका नाता पर्ने पासाङ शेर्पा बिच झै-झगडा भएको भन्ने ब्यहोराको सुचना प्रहरीलाई प्राप्त हुनासाथ प्रहरीको टोलीले निज पासाङ शेर्पालाई सोधपुछ गर्दा निज निमपासाङ शेर्पाले सामान्य बादबिबादमा भरुवा बन्दुक बोकी लिई आई मलाई घोच्न आएको भनि बताएको हुँदा निज निमपासाङ शेर्पालाई खोजतलाश गर्ने क्रममा गाउँघरमा लुकीछिपि बसेको अवस्थामा १ नाल भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको हो । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ । 

पर्चा पम्लेट टाँसिरहेको अवस्थामा मानिस नियन्त्रणमा
२०७९-०७-२०

नुवाकोट, बेलकोटगढी नगरपालिका-११ स्थित वडा कार्यालय भवन लगायत ठाउँहरुमा पर्चा पम्लेट टाँसिरहेको अवस्थामा प्रहरीले एक मानिसलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउने जिल्ला रोल्पा त्रिवेणी गाउँपालिका-७ बस्ने ३७ वर्षीय पुर्ण बि.क.(रक्तिम) रहेका छन । निजलाई “संसदिय चुनाबको अभग्य गरौ, वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बडौ” भनि लेखिएको पर्चा पम्लेट टासिरहेको अवस्थामा स्थानियले देखी प्रहरीलाई जानकारी गरेका थिए । प्रहरीले निज पुर्ण बि.क.(रक्तिम) र निजले प्रयोग गरेको बा ३७ प ८०८३ नं.को मोटरसाईकललाई नियन्त्रणमा लिएको छ । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

बसले अटोलाई ठक्कर दिदा एक बालिकाको मृत्यु
२०७९-०७-२०

चितवन, भरतपुर महानगरपालिका-१२ स्थितमा स्मार्ट बैंकुट अगाडी भरतुरबाट टाँडी तर्फ आउँदै गरेको ना ८ख ७३१९ नं.को बसले विपरीत दिशा तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ह १८८३ नं.को अटोलाई ठक्कर दिएको छ । दुर्घटनामा परी अटोमा सवार खैरहनी नगरपालिका बस्ने २५ वर्षीय पुणिमा थापा मगरको टाउकोमा चोट अवस्था मध्यम, निजको छोरी ३ वर्षीय एरिका पुन मगर बाहिरी चोट नदेखिएको अवस्था गम्भिर रहेको र राप्ती नगरपालिका-११ बस्ने ५० वर्ष कमला सारु मगरको दाहिने हातमा चोट अवस्था मध्यम रहेको छ । घाईतेहरुको उपचार भरतपुर सरकारी अस्पतालमा भईरहेकोमा गम्भिर घाईते भएकी एरिका पुन मगरको उपचारको क्रममा मृत्यु भएको छ । यस घटना बारे थप अनसुन्धान कार्य भईरहेको छ । 

सवारी दुर्घटना
२०७९-०७-२०

धादिङ, थाक्रे गाउँपालिका-१ खयारघारी स्थित पृथ्बिलोकमार्गमा मोटरसाईकल आफै अनियन्त्रित भई सडक बाट अन्दाजी १५ फिट तल खसी दुर्घटना भएको छ । गोरखा बाट काठमाडौ तर्फ जादै गरेको बागमती प्रदेश ०२-०३८ प २६४ नं.को मोटरसाईकल आफै अनियन्त्रत भई दुर्घटना भएको हो । दुर्घटनामा चालक जिल्ला गोरखा गोरखा नगरपालिका-१३ बस्ने २७ वर्षीय रुपेश परियारको छाती टाउकोमा चोट अवस्था गम्भिर रहेको छ भने उक्त मोटरसाईकलमा सवार जिल्ला धादिङ गल्छी गाउँपालिका-६ बस्ने १७ वर्षीय अनिता भण्डारी दायाँ खुट्टा, बाया हात, टाउकोमा चोट अवस्था मध्यम रहेको छ । घाईतेहरुको उपचार ट्रमा सेन्टर काठमाण्डौमा भईरहेको छ । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ ।

ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु
२०७९-०७-१९

रामेछाप, उमाकुण्ड गाउँपालिका-५ चिलाउने संसरिडाँडा स्थितमा ट्याक्टर सडक बाट अन्दाजी ९० मिटर तल खस्न गई दुर्घटना हुँदा चालकको घटनास्थल मै मृत्यु भएको छ भने २ जना गम्भिर घाईते भएका छन । लिखुखोलाबाट चिलाउने संशरीडाँडा तर्फ पसलको खाध्यन्न सामान लिई जादै गरेको नं.को ट्याक्टर सोहि स्थित उकालो बाटोमा रोकि राखेको अवस्थामा ट्याक्टरमा सवार सोहि बस्ने ३० वर्षीय प्रेम कुमार सुनुवारले चलाउन खोज्दा ट्याक्टर ब्याक भई सडक बाट तल खस्न गई दुर्घटना भएको थियो । चालक प्रेम कुमार सुनुवारको घटनास्थल मै मृत्यु भएको हो । दुर्घटनामा सोहि ट्याक्टरमा सवार चिलाउने संसरिडाँडा बस्ने ३६ वर्षीय निल कुमार सुनुवार बेहोस अवस्थामा रहेको र सोहि बस्ने ३८ वर्षीय हित बहादुर खत्री दाहिने खुट्टा फ्याक्चर भएको अवस्था रहेको थियो । निज घाईतेहरुको उपचार प्राथमिक स्वास्थ्य केन्द्र डाँडाखर्कमा भईहेको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

निरीक्षण तथा निर्देशन
२०७९-०७-१८

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले जिल्ला प्रहरी कार्यालय, धादिङको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख बज्राचार्यले जिल्ला प्रहरी कार्यालय, धादिङबाट सम्पादित पछिल्लो गतिविधिको बारेमा जानकारी लिनुका साथै उत्कृष्ट सेवा प्रवाहका लागि प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागिय निर्देशन दिनुभएको हो । निरीक्षण तथा निर्देशन पश्चात् प्रदेश प्रहरी प्रमुख बज्राचार्यले आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ लाई निष्पक्ष, भयरहित र विश्वसनीय ढंगले सम्पन्न गर्न तयार गरिएको सुरक्षा व्यवस्थापनको बारेमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग छलफल समेत गर्नुभएको थियो । 

निरीक्षण तथा निर्देशन
२०७९-०७-१८

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले जिल्ला प्रहरी कार्यालय, नुवाकोटको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख बज्राचार्यले जिल्ला प्रहरी कार्यालय, नुवाकोटबाट सम्पादित पछिल्लो गतिविधिको बारेमा जानकारी लिनुका साथै उत्कृष्ट सेवा प्रवाहका लागि प्रहरी कर्मचारी तथा म्यादी प्रहरीहरूलाई आवश्यक विभागिय निर्देशन दिनुभएको हो । निरीक्षण तथा निर्देशन पश्चात् प्रदेश प्रहरी प्रमुख बज्राचार्यले आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ लाई निष्पक्ष, भयरहित र विश्वसनीय ढंगले सम्पन्न गर्न तयार गरिएको सुरक्षा व्यवस्थापनको बारेमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग छलफल समेत गर्नुभएको थियो।

मन्दिरको चन्दा बक्स चोरी
२०७९-०७-१७

काभ्रे, पाँचखाल नगरपालिका-९ पलान्चोक स्थित रहेको भगवती मन्दिर को भित्री कम्पाउण्ड भित्र रहेको २ वटा फलामको चन्दा बक्स चोरी भएको छ । अपरिचित व्यक्तिहरुको चोरी समुहले रातीको समयमा उक्त चन्दा बक्स चोरी लगेको हो । उक्त चन्दा बक्समा रहेको नगद पैसाको जानकारी नखुलेको ।  चोरी भएको चन्दाको बक्स मन्दिर भन्दा अन्दाजी २ किलो मिटर पश्चिम तर्फ भेटवाल थोक स्थित गोरेटो बाटो छेउमा २ वटै बक्स फोडी नगद चोरी लगेको अवस्थामा फेला परेको छ । चोरी गर्ने व्यक्तिहरुको खोजतलास कार्य जारी रहेको छ । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य जारी रहेको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०७-१५

मकवानपुर, हेटौडा उपमहानगरपालिका-१० बसपार्क टिसियन रोड स्थित प्रहरीले लागुऔषध सहित मानिसलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउने हेटौडा-१२ पदमपोखरी बस्ने २३ वर्षीय रोशन लामा, सोहि बस्ने २६ वर्षीय अनिल कुमार घलान र हेटौंडा-१३ बनस्पति बस्ने ३३ वर्षीय सुमन परियार रहेका छन । निजहरूलाई बिशेष सूचनाको आधारमा प्रहरी चौकी बसपार्कबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्दा लागुऔषध एनारगन ९ पत्ता (९०पिस ट्याब्लेट), ट्रमाडेक्स ३५पत्ता (३५० पिस ट्याब्लेट), गाजाँ अन्दाजी १००/१५० ग्राम फेला पारेको थियो । लागुऔषध र निजहरुले प्रयोग गरेको ना२८प ७५२० नं.को स्कुटी, ना४९प ८७३९ नं.को मोटरसाईकल सहित तिनै जना लाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाही भईरहेको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०७-१४

मकवानपुर, हेटौडा उपमहानगरपालिका-५ सानो पोखरा स्थित प्रहरीले बिशेष सूचना को आधारमा लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाट खटिईएको बिशेष टोलिले ना.४८ प.९००५ नं.को मोटरसाईकललाई रोकि  चेकजाँच गर्दा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ४६० मिलि ग्राम र सानो डिजिटल तराजु १ थान फेला परेको थियो । नियन्त्रणमा आउने मानिस हेटौंडा-१४ मयुरधाप बस्ने २८ वर्षीय रोबिन श्रेष्ठ, हेटौंडा-११ थानाभर्‍याङ बस्ने २५ वर्षीय अनिष चौलागाई र हेटौंडा-२ कान्तिराज पथ बस्ने २३ वर्षीय बिकाश कार्की रहेका छन । निजहरूलाई लागुऔषध र मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ । 

मानिस मृत अवस्थामा फेला
२०७९-०७-१२

चितवन, माडी नगरपालिका-४ धुसेरी बस्ने २९ वर्षीय जिवन नेपाली आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन । घटनाको जानकारी प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय, माडीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिगई हेर्दा घटनास्थलमा खुकुरी फेला परेको, मृतक को टाउकोमा चोट लागेको अवस्था रहेको थियो । उक्त घटनामा शंकास्पद मानिसलाई प्रहरीको उक्त टोलीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउने मानिस जिल्ला नवलपुर गैंडाकोट नगरपालिका-७ बस्ने ३४ वर्षीय सुरेश कुमाल रहेका छन । निज कुमाललाई प्रहरीले घटनास्थल देखी ५ किलोमिटर टाढा माडी नगरपालिकाको बसन्तपुर बजारबाट नियन्त्रणमा लिएको हो । यस घटनाको सम्बन्धमा आवश्यक अन्य अनुशन्धान कार्य भईरहेको छ । 

मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु
२०७९-०७-१२

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-३ घण्टे स्थित मदन भण्डारी राजमार्गमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुने हरिहरपुरगढी-३ बस्ने ५० वर्षीय विश्वकुमार श्रेष्ट रहेका छन । मकवानपुरबाट आउँदै गरेको चालक जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-५  बस्ने ६८ वर्षीय चिरन्जिवी न्यौपानेले चलाई ल्याई ल्याएको ना ५१ प ७६३९ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट जाँदै गरेको चालक जिल्ला सिन्धुली हरिहरपुरगढी-३ बस्ने ५० वर्षीय विश्वकुमार श्रेष्टले चलाएको  ना ३३ प ४७६० नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनाबाट ना ३३ प ४७६० नम्बरको मोटरसाईकल चालक विश्वकुमार श्रेष्टको निधारमा, बायाँ कुईनामा र बायाँ घुडामा चोट लागी स्वास्थय चौकी हरिहरपुरगढीमा सामान्य उपचार पश्चात थप उपचारको लागि सामुदायीक अस्पतालमा हेटौंडामा ल्याई उपचार भईरहेकोमा निज श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । यस घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान कार्य भईरहेको छ । 

जुवा खेलिरहेको अवस्थामा ३४ जना मानिसहरू प्रहरीको नियन्त्रणमा
२०७९-०७-०८

मकवानपुर, हेटौडा उपमहानगरपालिका-११ नवलपुर स्थित बैकुण्ठ बलामीको घरमा रहेको ग्यारेजमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ३४ जना लाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट थानाभर्‍याङबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट दुई प्रहरी निरीक्षकको कमाण्डमा मुचुल्का सहितको टोली खटीगई जुवा खेलिरहेको स्थान बाट कौडा १३ थान, तास १३ बुक, नगद रु.७३,०००/- (त्रिहत्तर हजार) बरामत गरी खेल्ने, च्याखे थाप्ने, हेर्ने ३३ जना पुरुष र प्रहरी संग अभद्र ब्यवहार गर्ने १ जना महिला सहित जम्मा ३४ जना लाई नियन्त्रणमा लिईएको छ । यस घटनाको सम्बन्धमा आवश्यक काम कारबाही भईरहेको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०७-०७

मकवानपुर, हेटौडा उपमहानगरपालिका-१० जिल्ला प्रहरी कार्यालय गेट अगाडि पुर्व-पश्चिम सडक खण्डमा विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको विशेष टोलिले मनहरीबाट हेटौडातर्फ आउँदै गरेको ना१ज २६२७ नं.को म्याजिकलाई रोकि चेकजाँच गर्ने क्रममा लागुऔषध गाजाँ सहित मानिस नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउने जिल्ला पर्सा बिरगंज महानगरपालिका-२२ बस्ने २२ वर्षीय रोशन भन्ने ओमप्रकाश पटेल रहेका छन । निजले जेब्रा झोला र ह्याण्ड ब्यागमा लुकाई छिपाई ल्याएको ११ के.जि.३९० ग्राम लागुऔषध गाजाँ प्रहरीले फेला परेको थियो । निज ओमप्रकाश पटेललाई लागुऔषध सहित नियन्त्रणमा लिई आवश्यक कारवाही तथा थप अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ ।

काभ्रेपलाञ्चोकमा सवारी दुर्घटना
२०७९-०७-०५

काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-५ चण्डेश्‍वरी स्थित रिबिओपी बनेपा भित्री सडक खण्डमा चप्लेटीबाट बनेपा तर्फ आउँदै गरेको प्रदेश ३ -०२- ००१ प ७८७३ नं. को स्कुटर आफै अनियन्त्रित भई सडक छेउमा रहेको फलामको पोलमा ठक्कर खाँदा उक्त स्कुटर चालक सोहि नगरपालिका-१० जनागल बस्ने १९ वर्षीय नबिन तिमलसिना मध्यम घाईते भएका छन भने सोहि स्कुटरमा सवार सोहि नगरपालिका-९ तिनदोबाटो बस्ने २० वर्षीय सोनिक श्रेष्ठ गम्भिर घाईते भएका छन । घाईतेहरुको उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा पठाएको छ । गम्भिर घाईते भएका श्रेष्ठको थप उपचारको लागि अन्नपुर्ण न्युरो अस्पताल काठमाण्डौंमा रिफर गरिएको छ । घटना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

लोडरबाट खसि चालकको मृत्यु
२०७९-०७-०५

रसुवा, आमाछोदिङमो गाउँपालिका-५ स्थितमा रहेको निर्माणाधिन सान्जेन जलविधुत आयोजनाको ड्याम साईडमा लोडरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुने जिल्ला दाङ राप्ति गाउँपालिका-४ बस्ने ३६ वर्षीय बसन्त राज घिमिरे रहेका छन । निज उक्त आयोजनामा लोडर अप्रेटर काम गर्दै आईरहेका थिए । मृतक आफैले चलाएको लोडर बाट अचानक खस्न गई घाईते भएका थिए । ढाडमा चोट भएका घाईते घिमिरेलाई उपचारको लागि जिल्ला अस्पताल धुन्चेमा ल्याएको थियो । निजलाई चेक जाँच गर्दा मृत्यु भईसकेको कुरा चिकित्सकले घोषणा गरेका थिए । घटना बारे थप अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ । 

फलामको सामनहरु चोरी गरी जाँदै गरेको अवस्थामा ४ जना मानिसहरु प्रहरीको नियन्त्रणमा
२०७९-०७-०४

मकवानपुर, बकैया गाउँपालिका-१२ जितपुर भञ्ज्याङ स्थितमा फास्टट्रयाक निर्माणको लागी राखेको फलामको सामनहरु चोरी गरी जाँदै गरेको अवस्थामा सवारी र मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउने मानिसहरु गढी गाउँपालिका-२ बस्ने ३३ वर्षीय इन्द्र बहादुर बि.क., बकैया गाउँपालिका-१२ कोलखोप बस्ने २२ वर्षीय अबिरल घलान, २४ वर्षीय दिनेश लामा बम्जन र ३२ वर्षीय नारायण बहादुर मोक्तान रहेका छन । फलामको सामनहरु अन्दाजी १२/१३ कुईन्टल बराबरको रहेको । उक्त फलामको सामनहरु ना ५ ख १४४३ नम्बरको बोलेरो गाडिमा चोरी गरि लिई जाँदै छ भन्ने सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट जितपुरबाट प्रहरी हवल्दारको कमाण्डमा खटिईएको टोलीले नियन्त्रणमा लिएको हो । उक्त बोलेरो गाडिलाई अगाडी अगाडी बाटो देखाउँदै हिड्दै गरेको  बा५५ च ८५०२ नम्बरको मोटरसाईकललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बोलेरो, मोटरसाईकल र उक्त मानिसहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय हेटौंडामा ल्याई थप अनुसन्धान कार्य गरिरहेको छ । 

घुसको रकम सहित मानिस नियन्त्रणमा
२०७९-०७-०२

रामेछाप, मन्थली नगरपालिका-१ स्थितमा रहेको खानेपानी तथा सरसफाई डिभिजन नं.४, बागमती प्रदेश, मन्थली कार्यालयका इन्जिनियर (आठौं तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखत बहादुर थापालाई प्रहरीले घुस सहित नियन्त्रणमा लिएको छ । निजहरुले खानेपानी सम्बन्धी कामको भुक्तानी वापत सेवाग्राहीसँग घुसको माग गरेका थिए । निजहरु माथि उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई आएको प्रहरी उपरीक्षकको कमाण्डमा खटिएको टोलीले निज इन्जिनियर नवराज सत्याल र करार पलम्बर बखत बहादुर थापालाई सेवाग्राहीबाट रु.१६,००,०००।–(सोह्र लाख रुपैयाँ) नगद र १२,००,०००।– (बाह्र लाख रुपैयाँ) को चेक लिइसकेको अवस्थामा उक्त रकम र चेकसहित मन्थली १, स्थित इन्जिनियरको निवासबाट निजहरुलाई नियन्त्रणमा लिएको हो । घट्ना बारे प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०७-०२

सिन्धुली, कमलामाई नगरपालिका-९ चोरखोला स्थित बि.पि.राजमार्गमा प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी निरीक्षकको कमाण्डमा ट्राफिक सहित प्रहरी टोलिले झापाबाट काठमाण्डौ तर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९७९९ नं.को वीङगर गाडिलाई चेकजाँच गर्दा उक्त गाडिको अन्तिम सिटमा सवार जिल्ला झापा हल्दिवारी गाउँपालिका-१ बस्ने २५ वर्षीय बिशाल राईले बोकेको पछाडि भिर्ने झोलाको भित्री भागमा सेतो प्लास्टीक भित्र अन्दाजी १०१ ग्राम ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको हो । प्रहरीले निज व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

बिष्फोटक पटाका सहित मानिस नियन्त्रणमा
२०७९-०७-०१

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोष्ट स्थित प्रहरीले बिष्फोटक पटका सहित मानिस नियन्त्रणमा लिएको छ । बि.पि.राजमार्गमा ईलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी हवल्दारको कमाण्डमा उक्त चेकपोष्टमा खटिएको चेकिङ टोलिले बर्दिबासबाट भिमान बजार तर्फ आउँदै गरेको ज.१.ह. २३७५ नं. को अटो चेकजाँच गर्ने क्रममा अटोको डिकी भित्र रहेको ८ वटा ठुलो प्याकेट प्रत्येक प्याकेटमा ७०० पिसका दरले जम्मा ५६०० पिस नागिन पटका फेला पारेको हो । अटो चालक सोही नगरपालिका-४, धुराफाट बस्ने २७ वर्षीय पारस थिङ रहेका छन । निजलाई अटो र पटका सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ । उक्त अटोमा सवार सोहि नगरपालिका-६, धुरा बस्ने २२ वर्षीय बिबेक महतो र १७ वर्षीय संजिब साहलाई पनि प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको छ ।

अधिक लोड >>
कम देखाउनुहोस् <<